बाहुनडाँगी । झापाको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आयोजना गरेको ‘जमघट’ टिकटक भिडियो प्रतियोगिताको नतिजा शनिबार सार्वजनिक गरिएको छ ।
प्रा.लि.ले शनिबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो ।
प्रतियोगितामा मेचीनगर – २ का विनिता दंगाल र विशाल रोक्काले संयुक्त रुपमा बनाएको टिकटक प्रथम घोषित भयो भने दोसो विजेता मेचीनगर – १ का भूपेश गुरागाईं घोषित भए । त्यसैगरी प्रतियोगिताको तेस्रो विजेता मेचीनगर –४ की संझना सारुमगर घोषित भइन् ।
प्रा.लि.का संयोजक सचिन निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा संयोजक निरौलाले ‘जमघट’ चियालाई माया गरेर उत्कृष्ट टिकटक भिडियो बनाउने सबैलाई धन्यवाद दिए । उनले हात्ती प्रभावित क्षेत्रका किसानहरुको जीवनसँग जोडिएको चियालाई देशभरका भान्सामा पुर्याउन प्रचार प्रशारमा महत्वपूर्ण भूमिका निर्वाहगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता तथा पत्रकारहरुलाई समेत धन्यवाद दिए ।
प्रतियोगिताको नतिजा भने निर्णयक मण्डलका संयोजक पत्रकार ज्ञानेन्द्र निरौलाले गरेका थिए । उनले सबै टिकटक भिडियो उत्तीकै महत्वपूर्ण भएको प्रतिक्रिया दिँदै विधि र प्रक्रिया अनुसार नतिजा सार्वजनिक गरेको बताए । आयोजकले प्रथम पुरस्कार २१ हजार, दोस्रो पुरस्कार ११ हजार र तेस्रो पुरस्कारको राशी ७ घोषणा गरेको छ । बिजेताहरुलाई भोलि उद्योग परिसरमै बोलाएर पुरस्का प्रदान गरिने उद्योगका संयोजक निरौलाले जानकारी दिए ।
निर्णयक मण्डलको सदस्यमा शर्मिला पाठक र उषा श्रेष्ठ रहेका थिए ।
प्रा.ली.ले बाहडाँगीको जमघट चियालाई देशभरका भान्सामा पुर्याउन नयाँ रणनीति बनाउँदै साउन १ देखि भदौ १३ गते सम्म जमघट चिया टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा नेपालका बिभिन्न भागबाट तथा विदेशमा रहेका नेपालीहरुले समेत जमघट चियाको लोगो भएको उत्कृष्ट भिडियो बनाएर टिकटक प्रतियोगितामा सहभागि बनेको र ४१ वटा टिकटक बिच प्रतिष्पर्धा गरिएको चिया सञ्चार प्रालिका संयोजक निरौलाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सञ्चालन सदस्यहरु माधव खतिवडा, शान्तिराम निरौला, ज्ञयप्रसाद भण्डारी र शमशेर बहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।