Mechi Update

मेचीनगर–४ मा टोल विकासको नयाँ अवधारणा पत्र सार्वजनिक, प्रत्येक टोललाई रु. ५० हजार अनुदान

शुक्रवार, भदौ १३, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ ले २५ वटै टोललाई समेट्दै पाँचवर्षे दृष्टिसहितको टोल विकास अवधारणा पत्र सार्वजनिक गरेको छ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रत्येक टोललाई रु. ५० हजारको टोल सुधार अनुदान छुट्याइएको घोषणा गरिएको हो। 

अवधारणा पत्रले तत्कालीन आवश्यकता—जस्तै सडक बत्ती, धारा मर्मत, सरसफाइ, करेसाबारी र फुलबारी विकास—मात्र होइन, सांस्कृतिक पुनर्जीवन, स्वास्थ्य र पोषण, सामाजिक समावेशीकरण, आर्थिक आत्मनिर्भरता, शिक्षा–प्रतिभा विकास तथा पर्यावरण संरक्षणलाई दीर्घकालीन लक्ष्य बनाएको छ। 

पाँचवर्षे योजना अनुसार पहिलो वर्ष भौतिक संरचना र आधारभूत तालिममा जोड दिइने, दोस्रो वर्षदेखि आर्थिक र सांस्कृतिक विस्तार गरिने र पाँचौँ वर्षसम्म आत्मनिर्भर टोल मोडेलको स्थापना गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बैज्ञानिक सुमन पौडेल शुभ चिया सहकारीका अध्यक्ष रमेश दाहाल,साना किसान सहकारी अध्यक्ष टुना भण्डारी लगायतले मन्तव्य राखेका थिए । वडा अध्यक्ष अर्जुन कुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि र २५ वटै टोल विकास समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

हेर्नुहोस् के – के छन् योजना ?

   

सम्बन्धित खबर