Mechi Update

आदर्श युवा क्लबद्वारा तिज मिलन कार्यक्रम सम्पन्न

आइतवार, भदौ ८, २०८२

मेचीनगर । मेचीनगर–४ स्थित आदर्श युवा क्लबले महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम क्लबका अध्यक्ष मौसम भारतीको सभापतित्वमा तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, सम्मान कार्यक्रम र नाचगानका विभिन्न प्रस्तुति भएका थिए। सामुदायिक तथा निजी विद्यालय समेटी ६ वटा विद्यालयबीच भएको हाजिरी जवाफ प्रतियोगितामा बालजगत विद्यालय प्रथम, बलभद्र विद्यालय दोस्रो तथा पशुपति र पूर्वाञ्चल विद्यालय समान अंकका साथ तेस्रो भएका थिए। विजयी विद्यालयलाई प्रमाणपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो। त्यसैगरी, कार्यक्रममा सीता गिरी र सबिना कटुवालाई ‘साहसी महिला’को रूपमा सम्मान गरिएको छ भने गोपाल बिक र कर्नाखर चौलागाईलाई ‘ज्येष्ठ नागरिक’का रूपमा सम्मान गरिएको क्लबले जनाएको छ। कार्यक्रममा बादलु खड्का, रवि नेपाल, रबिन भारती, धनमाया कोइराला, गीता लुङ्गेली मगर, पवन बराइली, रमेशकुमार दाहाल, राम गौतम, निर्मला गौतम, खुमादेवी निरौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य प्रायोजन समाजसेवी रबिन भारतीले गर्नुभएको अध्यक्ष मौसम भारतीले जानकारी दिनुभयो।
सम्बन्धित खबर