बिर्तामोड । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान विक्री भएको छ । ३० हजार पुस्तक विक्री भएसँगै धेरै पुस्तक खरिद गर्ने जिल्लामा झापा पहिलो भएको हो ।
झापाको १५ पालिकामा पुगेर पुस्तक विक्री गरेका पुनले अन्य जिल्लाहरुको तुलनामा सबैभन्दा धेरै पुस्तक विक्री गरेको बिर्तामोडस्थित ईशा बुक्सका सञ्चालक केशव मैनालीले जानकारी दिए । ४३ जिल्लामा पुस्तक बिक्री गर्दा सबैभन्दा बढी पुस्तक झापामा बिक्री भएको हो । पुस्तक विक्री अभियानमा मैनालीले सहयोग गरेका थिए ।
यसअघि सबैभन्दा धेरै पुस्तक सुनसरीका विक्री भएको डा. महावीर पुनले जानकारी दिए । सबैभन्दा धेरै सुनसरी र त्यसपछि धेरै खरिद गर्नेमा रुपन्देही थियो । सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार पुस्तक विक्री गरिएको थियो । झापामा दुई महिना पुस्तक विक्री गरेर शुक्रवारबाट इलाम प्रवेश गरेका छन् । शनिवार कन्याम क्षेत्रमा पुस्तक बेचेका पुन आइतवार फिक्कल जाने छन् ।