बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
आज जेसीज सप्ताह समारोह कार्यक्रममा “रन बाहुण्डाँगी” का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका अर्जुन बस्नेतलाई अक्षरुपी रु १५ हजार, द्वितीय स्थान हासिल गर्न सफल ऋदन विश्वकर्मालाई रु १० हजार सहित सम्मानपत्र र तृतीय स्थान हासिल गरेका विप्लव श्रेष्ठलाई नगद रु ५ हजार र सम्मानपत्र प्रदान गरिएको छ।
त्यस्तै, रनमा टप–१० भित्र पर्न सफल अमर तामाङ, अनराज मगर, उप्सन राई, निर्मल घिमिरे, रोशन लकान्द्रि, निश्चल कार्की र युवराज मगरलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको छ।
विजेताहरुलाई बाहुण्डाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँ, एवम् नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा लगायतका अतिथिहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।