Mechi Update

ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने

मङ्गलवार, भदौ ३, २०८२

मेचीनगर, ३ भदाै । मेचीनगर-७ स्थित ईटाभट्टामा भाेलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ७ नम्बर वडा कार्यालयले गठन गरेकाे ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले आयोजना गरेकाे पत्रकार सम्मेलनमा बुधबारदेखि साप्ताहिक रूपमा हाट बजार लाग्ने जानकारी गराएकाे हाे । समितका अध्यक्ष खडानन्द भण्डारीले धुलाबारी बजार भारतकाे पानीट्याङ्की बजार बन्द हुने भएकोले मेचीनगरकाे ८, ६ र ७ का नागरिकहरूलाई सहज र स्थानीय अर्गानिक बस्तुकाे बिक्री वितरणका लागि  साप्ताहिक हाट बजार सुरू गर्न लागिएको बताए । मेचीनगर नगरपालिकाले वडा नम्बर ७ काे कार्यालयकाे पछाडि पटिकाे ५ कठ्ठा जग्गा खरिद गरेर सात वर्षअघि टहरा बनाएर राखेकाे थियाे । पत्रकार सम्मेलनकाे प्रमुख अतिथि वडाध्यक्ष प्रलादमणि ओलीले वडा नम्बर ७ र ८ मा उत्पादन भएका स्थानीय उत्पादनलाई प्राथमिकता दिने उदेश्यले हाट बजार स्थापना गरिएको बताए । उनका अनुसार हाट बजारमा स्थानीय कृषकले ढाकी, नाङ्लामा बेच्न ल्याउने अर्गानिक तरकारीहरू बिक्रीका लागि राखिने छ । हाट बजारकाे टहरामा करिव एक सय जना स्थानीय  व्यापारीले अर्गानिक पसल राख्न सक्ने बताएकाे छ । बुधबार उक्त साप्ताहिक हाट बजारकाे मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले उद्घाटन गर्नेछन् । कार्यक्रममा उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतकाे सहभागिता रहनेछ । पत्रकार सम्मेलनकाे सहजीकरण पत्रकार प्रकाश पाैडेलले गरेका थिए । Source: Mechinagar online
सम्बन्धित खबर