Mechi Update

बाहुण्डाँगी जेसीजद्वारा कृष्ण जन्माष्टमीमा निःशुल्क पानी वितरण

शनिवार, साउन ३२, २०८२

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत पाँचौँ कार्यक्रमका रूपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रद्धालु भक्तजनलाई लक्षित गरी निःशुल्क पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ। वर्ष २०२२ का अध्यक्ष सिनेटर हेमन्त मोक्तानले सुरु गरेको यो अभियान निरन्तर रूपमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ। कार्यक्रममा प्रमुख अतिथि मेचीनगर–१ का वडा अध्यक्ष रामकुमार राई, नेपाल स्काउट मेचीनगरका सदस्य वृद्धि संयोजक सुबास कास्यप खत्री, कृष्ण थुम्की विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, जेसीज २०२५ का बोर्ड पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याएका वर्ष २०२५ का अध्यक्ष सल्लाहकार तथा मेचीनगर–४ का परिषद् सदस्य जेसी पवन बराइलीप्रति विशेष आभार प्रकट गरिएको थियोे । जेसीजले सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका अभियानहरू निरन्तर अघि बढाइने जनाएको छ। विशेषगरी आज ऐतिहासिक धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित कृष्ण थुम्की मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरेर निशुल्क पानी वितरण गरिएको जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईले जानकारी दिए।
सम्बन्धित खबर