Mechi Update

बिरिङको पुरानो बांगे पुल बाढीले बगायो

बुधवार, साउन २९, २०८२

झापा, २८ असार । विर्तामोडबाट खुदुनाबारी जाने सडकको पुरानो बिरिङ पुल आज दिउँसो बाढीले बगाएको छ । शनिश्चरेबाट नजिकै रहेको उक्त पुल बाढीले बगाएपछि खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरुपमा अवरुद्ध भएको छ । दुई वर्ष अघि नै उक्त पुल बाढीले बांगो बनाएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय झापाले यहाँबाट नहिंड्न सवारी साधन र पैदल यात्रुलाई सार्वजनिक अपिल नै गरेको थियो । यो बाटो अवरुद्ध भए तापनि त्यसभन्दा दक्षिणमा अर्जुनधारा धाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात चलिरहेको छ । source: loktrantra post
सम्बन्धित खबर