Mechi Update

बिर्तामोडमा प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित एक जना पक्राउ

बिहिवार, साउन २३, २०८२

बिर्तामोड, साउन २२ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित कञ्चन टोलबाट एक जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ निवासी ४६ वर्षीय राजेन्द्र पंथाकको घरमा छापा मारेको थियो। प्रहरीका अनुसार, सो घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनी कागजको कार्टुनले छोपेर लुकाइराखिएको अवस्थामा Tramadol Hydrochloride Capsules I.P. (Tramol–50) लेखिएको २०,००० (बीस हजार) क्याप्सुल बरामद गरिएको हो। पंथाकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Source: purbeli samachar
सम्बन्धित खबर