Mechi Update

´एस` झापाले स्थापना दिवसमा टिकटक प्रतियोगिता गर्ने

बुधवार, साउन २२, २०८२

बिर्तामोड, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसकाे बिर्तामोड पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेकाे साे विषयमा जानकारी दिएकाे हाे । ´सुशासन र रोजगारी समाजवादको तयारी` विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हाे । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ । पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउने बताए । पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि शेयर, भ्यूज र लाइकको आधारमा उत्कृष्टता मापन गर्ने छ । भदौ ८ गते विहान १० बजेभित्र उक्त कन्टेन्टको शेयर, भ्यूज र लाइकको आधारमा ५० प्रतिशत र निर्णयक मण्डलले प्रस्तुतिको आधारमा ५० प्रतिशत अंकभारका आधारमा उत्कृष्ट छनोट गर्ने उनले बताए । पार्टीको स्थापना दिवस भदौ ९ गते आयोजना गरिने कार्यक्रममार्फत सो प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिने बताइएकाे छ । यसैगरी पार्टीले झापाका १५ वटै पालिकामा विपन्न परिवारको आवास निर्माणमा खटिएको जानकारी दिएकाे छ । पार्टी सदस्यको योगदानमा आधारित रहेर विपन्न परिवारको घर निर्माण गरिदिने अन्तरगत भद्रपुर-२ पृथ्वीनगरकी इन्द्रमाया खातीको लागि आवास निर्माणकाे सुरूवात गरिएको पार्टीले बताएको छ । पत्रकार सम्मेलनमा झापा पार्टीका अध्यक्ष भट्टराई, पूर्व अध्यक्ष वेदराज रेग्मी, काेशी प्रदेश सचिवालय सदस्य शंकर थापा लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण समाजवादी प्रेस संगठन झापाका अध्यक्ष गाेविन्द ल्वागुनले गरेका थिए ।
सम्बन्धित खबर