Mechi Update

रास्वपालाई तीन ‘अ’ बाट मुक्त हुन विश्वप्रकाशको सुझाव

बुधवार, साउन २२, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन  ‘अ’ बाट मुक्त हुन सुझाव दिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै शर्माले रास्वपालाई त्यस्तो सुझाव दिएका हुन् ।

‘रास्वपाका मित्रहरूलाई तीन ‘अ’बाट मुक्त हुन् मेरो सुझाव छ,’ शर्माले भने, ‘अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस् ।’

 

उनले भिजिट भिसामा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सबैभन्दा बढी नेपाली विदेश गएको तथ्याङ्क प्रस्तुत गरे । पछिल्लो समय गृहमन्त्री भएका ५ जनाको एक सय ५० दिनमा भिजिट भिसामा विदेश जानेको तथ्याङ्क प्रस्तुत गर्दै महामन्त्री शर्माले त्यसमा सबैभन्दा बढी लामिछानेको पालामा बिदेसिएको बताए ।

शर्माले त्यही तथ्याङ्कका आधारमा रास्वपालाई प्रश्न सोध्दै भने, ‘तपाईँहरूले आफ्नै सभापति गृहमन्त्री भएको बेलामा हामीले भिजिट भिसामा मानिसलाई बेच्यौ त भन्न खोज्नु भएको होइन । यो मैले भनेको होइन, तथ्याङ्कले त्यही देखाउँछ ।’

Source: ratopati

सम्बन्धित खबर