बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ यही साउन २७ देखि सञ्चालन हुने भएको छ । बाहुण्डाँगी जेसीज ले सप्ताह भरी समुदाय मा आधारित कार्यक्रम गर्ने लागेको छ ।
सप्ताहभर रन बाहुण्डाँगी, निःशुल्क कम्प्युटर शिक्षा, ट्राफिक सचेतना/ जेब्रा क्रसिङ निर्माण, डस्टविन वितरण, पिउने पानी वितरण जस्ता कार्यक्रम सम्पन्न गर्ने लक्ष्य बाहुण्डाँगी जेसीजले राखेको छ । रन बाहुनडाँगी साउन २७ गते हुनेछ । दौड १२ किलोमिटर हुने कार्यक्रमका संयोजक न्यूटन कार्कीले जानकारी दिए । दौड बाहुण्डाँगी, मेचेडाँगी, बौद्धमोड, भृकुटी हुँदै बाहुण्डाँगीमा समापन हुनेछ ।
जेसीज सप्ताहको दोश्रो कार्यक्रममा साउन २८ गते निःशुल्क कम्प्युटर शिक्षाको उद्घाटन रहेको छ । बाहुण्डाँगीमा एसईई पास भएका २० जना विद्यार्थीलाई निःशुल्क बेसिक कम्प्युटर कोर्ष, ग्राफिक्स डिजाइनिङ, फोटोसप, कम्प्युटर अपरेटर र एकाउटिङ प्याकेज रहेको छ । विर्तामोड एजुकेशन फाउण्डेसनको सहयोग रहेको कार्यक्रमको संयोजक किशोर उपरकोटी रहेका छन् ।
त्यसैगरी, तेश्रो कार्यक्रम अन्तर्गत साउन २९ गते आदर्श मावि आयाबारीमा विद्यार्थीलाई ट्राफिक सचेतना तथा जेब्रा क्रसिङ निर्माण गरिने भएको छ । कार्यक्रमको संयोजक सामुल राया रहेका छन् ।
जेसीज सप्ताह अन्तर्गत चौथो कार्यक्रममा डस्टविन वितरण गरिने भएको छ । साउन ३० गते बौद्धमोड, मेची जनसाधारण माध्यमिक विद्यालय र कृष्णथुम्कीमा डस्टविन वितरण गरिने कार्यक्रमका संयोजक एलिस पौडेलले बताए ।
त्यसैगरी, साउन ३१ गते कृष्णजन्माष्टमीको अवसर पारेर कृष्णथुम्कीमा श्रद्धालु भक्तजनलाई पिउने पानी वितरण गरिने भएको छ । कार्यक्रमको संयोजक विमल रणपहेली रहेका छन् । भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा जेसीज सप्ताह समापन हुनेछ । समापन कार्यक्रमको संयोजक कौशल उप्रेती रहेका छन् । जेसीज सप्ताहमा जमघट चिया, नेशन डेन्टल केयर सेन्टर , आर्याना कृषि तथा पशुपालन ,विद्या विकास एकेडेमी, अधिकारी एग्रो भेट्स, बिर्तामोड एजुकेशन फाउण्डेसलगायतको सहयोग रहनेछ । जेसीज सप्ताहका मुल कार्यक्रम संयोजक जेसी कोशल उप्रेतीका अनुसार, ‘युवाहरूलाई सामाजिक उत्तरदायित्व र नेतृत्वमा सक्रिय बनाउने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।’ बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाईको अध्यक्षतामा बसेको बैठकको सञ्चालन महासचिव शुष्मा मिश्रले गरेकी थिइन् ।