Mechi Update

सामाजिक उत्तरदायित्वमा सक्रिय बाहुनडाँगी जेसीजः उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरण

आइतवार, साउन १९, २०८२

बाहुनडाँगी । सामुदायिक सेवामा निरन्तर क्रियाशील गैरनाफामुखी संस्था बाहुनडाँगी जेसीजले एक सामाजिक उत्तरदायित्व स्वरूप उदाहरणीय कार्य सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज वर्ष २०२५ की उपाध्यक्ष जेसी रीना दर्जीकी आमा संगीता दर्जीको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानबाट संकलन गरिएको रु १,१३,१५०/– (एक लाख तेह्र हजार एक सय पचास रुपैयाँ) उपचार सहयोगस्वरूप पीडित परिवारलाई शनिबार औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । संगठित रूपमा संचालन गरिएको यस सहयोग अभियानमा जेसीजका पूर्व अध्यक्षहरू, विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारीहरू, हालको बोर्ड सदस्यहरू साथै जेसी र नन–जेसी समुदायका महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बाहुनडाँगी जेसीजले सबै सहयोगदाताप्रति आभार प्रकट गर्दै सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धता दोहोर्‍याएको छ । संस्थाले भविष्यमा पनि यस्ता मानवीय सेवामा अग्रसर रहने प्रतिबद्धता जनाएको छ । यस अभियानले समुदायभित्र सहकार्य र सहानुभूतिको सशक्त सन्देश फैलाएको छ । संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूका अनुसार, छोटो समयमै उल्लेखनीय सहयोग संकलन हुनु स्वयं समुदायभित्रको एकता, सहानुभूति र सहयोगभावको प्रतिबिम्ब हो । जेसी रीना दर्जीले आफ्नो परिवारको व्यक्तिगत पीडामा साथ दिनु हुने सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्दै यो समर्थनले उनीहरूलाई कठिन परिस्थितिमा मनोबल दिन सहयोग पुगेको बताइन् ।
सम्बन्धित खबर