बिर्तामाेड । बिर्तामाेड नगरपालिकामा उपप्रमुख र एकजना वडाध्यक्षबीच घम्साघम्सी परेकाे छ । उपप्रमुख नगेन्द्र संग्राैला र वडा न ८ का अध्यक्ष जंगबहादुर कार्कीबीच नगरपालिकामा घम्साघम्सी परेकाे हाे ।
सामाजिक सञ्जाल फेसबुकमा संग्राैलाले वडाध्यक्ष कार्कीमाथि अपमानजनक शब्द प्रयाेग गरेर पाेष्ट गरेकाे भन्दै बुधबार दिउँसाे नगरपालिकामा लफडा भएकाे हाे ।
संग्राैलाले अर्काे व्यक्तिकाे पाेष्टमा गएर वडाध्यक्ष कार्की लक्षित टिप्पणी गरेका थिए । उपप्रमुखकाे टिप्पणीपछि कार्कीका समर्थक र कार्की स्यंम उपप्रमुखकाे कक्षमा पुगेर संग्राैलामाथि जाइलागेका थिए ।