बिर्तामोड झापा साउन ११ झापाको दमक नगरपालिका–१ बरगाछी भित्री सडकखण्डमा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन्।
२०८२ साउन ११ गते बिहान करिब ४:१५ बजेतिर मर्निङ वाकका लागि घरबाट निस्किएका ४७ वर्षीया सुनिता राई र ४२ वर्षीया कविता राईलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणबाट सुनिता राईको टाउको, दाहिने आँखीभौँ, दुबै खुट्टा, बाँया हातसहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कविता राईको भने बाँया खुट्टाको कुर्कुच्चामा चोट लागी बोल्न सक्ने अवस्थामा रहेकी छन्।
घाइते दुवैजनालाई तत्काल दमक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। आक्रमणपछि हात्ती जंगलतर्फ लागेको बताइएको छ।
स्थानीयवासीले उक्त क्षेत्रमा विगत केही दिनदेखि जंगली हात्तीको आवतजावत बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
Source: purbeli samachar