बिर्तामोड ।
झापा लाागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको पााइएको छ ।
पूर्वी सिमावर्ती नाकामा पूर्वदेखि पश्चिम नेपालका लागूऔषध कारोबारी तथा पक्राउ परेसंगै झापा लागूऔषधको हब नै बनेको हो । लागूऔषध प्रयोगकर्ता तथा कारोबारीको भाषामा पूर्वमा (अक्का माल) अर्थात मिसावटरहित लागूऔषध पाइन्छ ।
दैनिक जसो लागूऔषधसहित पक्राउ गरिरहेको झापा प्रहरीले भद्रपुर–७ डाँफेचोकबाट बिशेष सुचनाको आधारमा बाटोमा हिडिरहेको अवस्थामा नुवाकोटको तादी गाउँपालिका–६ बस्ने मनकुमार दर्जी र उनको श्रीमती शशी खत्रीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
उनीहरुसँगै भद्रपुर–७ डाँफेचोक बस्ने सुनिल चापागाईसमेत पक्राउ परेका छन् । उनीहरुले बोकेको कालो झोला भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ३७ ग्राम ४९० मिलि ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसंधान गरिरहेको प्रहरी प्रवक्ता पव्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
यता केही दिन अघि मात्रै झापाको बिर्तामोड–५ मा भण्डारगरी राखेको लााखौं मुल्यबराबरको लागूऔषध ट्रामाडोलसहित प्रतिबन्धित औषधि बरामद भएको थियो । लामो समयदेखि लाागूऔषधको कारोबार गर्दै आएका भानुभक्त खरेल भने हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Source: Purwanchal