Mechi Update

महिला उद्यमी संघको मेचीनगर संयोजकमा निर्मला चौहान

सोमवार, साउन ६, २०८२

मेचीनगर, ५ साउन । महिला उद्यमी संघ नेपाल झापाले मेचीनगरमा सदस्य विस्तार कार्यक्रम गरेको छ । सोमबार धुलाबारीमा महिला उद्यमीहरुको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्न सघाउने उदेश्यले आयोजना गरिएको सदस्य विस्तार कार्यक्रममा मेचीनगरमा महिला उद्यमी संघ गठन गरिएको छ । मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारीको संयोजकत्वमा मेचीनगरमा १० जना सदस्य रहने गरी महिला उद्यमी संघ नेपालको तदर्थ समिति गठन गरिएको हो । संयोजक चौहानको नेतृत्वमा विमला भट्टराई, लक्ष्मी धिमाल, रेखा श्रेष्ठ, निर्मला खनाल, निलु राई, प्रमिला थेवे, रेणुका खनाल, लीला रिजाल, कविता खनाल मिजार, माया प्याकुरेल र सुस्मिता प्रधान सदस्य रहेका छन् । कविता र माया मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् । पछि कार्यसमितिलाई बढाएर बृहत कार्यक्रम गरिने संयोजक चौहानको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर)ले महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न संघले सहयोग गर्ने बताए । कार्यक्रममा महिला उद्यमी संघ नेपाल झापाकी संथापक अध्यक्ष गोमा भट्टराई, हिमालयन इङ्लिश स्कुलका प्रिन्सिपल जगतबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए । महिला उद्यमी संघ नेपाल झापाकी पूर्व अध्यक्ष सुष्मा भण्डारीले संस्थाको गतिविधि र कार्यक्रमकी संयोजक समेत रहेकी चौहानले स्वागत गरेकी थिइन् । महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शर्मिला अधिकारीले अध्यक्षतासहित कार्यक्रमको औचित्यमाथि प्रकाश र सञ्चालन सचिव पुनम अधिकारीले गरेकी थिइन् । Source: Mechinagar online
सम्बन्धित खबर