Mechi Update

मेचीनगरमा गाँजा सहित एक व्यक्ति पक्राउ

सोमवार, साउन ६, २०८२

झापा, साउन ४ – झापाको मेचीनगर नगरपालिका–३ दोकडाँडामा प्रहरीले लागुऔषध गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बिहीबार साँझ करिब ६ बजे, गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको टोलीले ४३ वर्षीय हरिलाल न्यौपानेको घरमा खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। न्यौपानेको घरको बाथरुममा लुकाइ राखिएको बोरा खोल्दा करिब १ केजी ५२८ ग्राम तौल भएको गाँजा फेला परेको हो। बरामद गाँजा सहित न्यौपानेलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। source: purbeli samachar
सम्बन्धित खबर