Mechi Update

सेप्टिक ट्याङ्कीभित्र निस्सासिएर पाँचथरमा एक जनाको ज्यान गयो, दुई जनाको उपचार चल्दै

बिहिवार, साउन २, २०८२

काठमाण्डाै – पाँचथरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र निस्सासिएर एक जना मजदूरको ज्यान गएको छ । बेहोस भएका अरू दुई जना मजदूरको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को घुर्बिसे पञ्चमी सहकारी संस्थाको निर्माणाधीन भवनमा सेप्टिक ट्याङ्की ढलान गर्ने क्रममा बेहोस भएकामध्ये ३८ वर्षका रत्न चेम्जोङको ज्यान गएको पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशल बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार बेहोस भएका २४ वर्षीय भीष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको बिर्तासिटी अस्पताल झापामा उपचार भइरहेको छ । शुरूमा ट्याङ्कीभित्र पसेका रत्नलाई बोलाउँदा नबोलेपछि उहाँलाई निकाल्न पसेका भीष्म र बिरु पनि बेहोस हुनुभएको हो । निर्माणस्थलमा रहेका अरूले तीनै जनालाई उद्धार गरी अस्पताल पुर्‍याएकामा रत्नको उपचारका क्रममा गएराति ज्यान गएको हो । Source ujyalo
सम्बन्धित खबर