Mechi Update

साना किसान सहकारीको २९औं वार्षिकोत्सवमा अपाङ्गता भएका बालबालिकालाई सहयोग

मङ्गलवार, असार ३१, २०८२

साना किसान कृषि सहकारी सस्था लि बाहुण्डाँगीले सस्थाको  २९ अौ  वार्षिक उत्सवको अवसर पारेर अपाङ्गता भएका बालबालिकाहरूलाई लत्ता कपडा साथै खाद्यान्नका सामग्री वितरण गरेको छ। समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समितिको आश्रममा रहेका नानीहरूलाई ३० हजार बराबरको  सहयोग गरिएको थियोl

एक औपचारिक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष साथै आजको कार्यक्रमको अध्यक्षता गर्नुहुने टुकादेवी भण्डारीले उक्त सामग्री समाजसेवा सुधार युवासघ का अध्यक्ष धर्मराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो। संस्थाकी अध्यक्ष भण्डारीले हामीले स्थापनाको २८ अौ वर्षसम्म अन्य विविध  सामाजिक क्रियाकलाप गर्दै आएको भएपनि आज अपाङ्गता भएका बालबालिकाहरू का अगाडि आएर सेवा गर्न पाउँदा खुसी लागेको र अन्य वर्षहरूमा पनि यस्तो कार्य गर्दै आउने बताउनुभयो।

साना किसान सहकारी संस्थाका मुख्य प्रबन्धक पोषक कुमार दर्जीले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजसेवा सुधार युवा सङ्घ का अध्यक्ष धर्मराज घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने संस्थाका सञ्चालक समिति सदस्य जगन्नाथ भण्डारीले स्वागत गर्नुभएको थियो।

विद्यालय जान सक्ने नानीहरूलाई विद्यालय पोशाक तथा जान नसक्नेलाई अन्य पोशाक दाल लुगा धुने साबुन नुहाउने साबुन साथै नानीहरूलाई मिठाई वितरण गरिएको कार्यक्रममा साना किसान का सञ्चालक समिति सदस्य कर्मचारीहरु समाजसेवा सुधार युवा सङ्घ का पदाधिकारीहरू समाजसेवा सुधार युवा संघका कर्मचारीहरू साथै अपाङ्गता भएका बालबालिकाहरूको बीचमा कार्यक्रम सम्पन्न भएको थियो।

 
सम्बन्धित खबर