Mechi Update

असारे खडेरीले रोपाइँ नहुँदा झापाका किसान चिन्तित

शुक्रवार, असार २७, २०८२

झापा, २७ असार।   मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएरदुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा गरामाकमिला कुदिरहेका छन् ।

“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उहाँ भन्नुहुन्छ, “ब्याडमा बीउ छिप्पिसक्यो । पानीपरेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।”

अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ । विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामालिएर धानखेती गर्दै आउनुभएका उहाँले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताउनुभयो ।

समयमा रोपाइँ गर्न नसक्दा जग्गाधनीलाई वार्षिक रूपमा ठेक्काबापत तिर्नुपर्ने रु ५० हजार कहाँबाट जुटाउने भन्ने चिन्ताले पिरोल्नेगरेको उहाँ बताउनुहुन्छ । झापाका अधिकांश खेतमा सिँचाइका लागि कुलो र बोरिङको व्यवस्था नभएको हुँदा धानखेती गर्ने किसानअकासे पानीमा निर्भर छन् ।

धान उत्पादनका लागि उर्वरभूमि मानिएको झापामा सिँचाइको अभावले पर्याप्त रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख सागर विष्टले हालसम्म जिल्लामा २१ प्रतिशतमात्र रोपाइँ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा नभएका कारणकिसानले पर्याप्त रोपाइँ गर्न पाएका छैनन् । जति रोपाइँ भएको छ, ती सबै कुलो र भूमिगत सिँचाइबाट सम्भव भएको हो ।”

कोशी प्रदेशमा जेठ १५ गते नै मनसुन भित्रिएको थियो । मनसुन भित्रिएलगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो ।झापामा माईखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि खेतमा रोपाइँ हुनेगरी वर्षा भएको छैन । झापामा खेतीयोग्य जमिन ९८हजार ७१६ हेक्टर रहेको छ । त्यसमध्ये ७५ हजार ५५९।१८ हेक्टरमा धानखेती हुने गरेको विष्टले बताउनुभयो । छिटो पाक्ने अगुवा धानअसारभित्रै रोपिसक्नुपर्ने हुन्छ ।

जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोलालगायत सिँचाइ आयोजनासञ्चालनमा छन् । कचनकबल, कनकाई, कमल, गौरादह, मेचीनगर, बिर्तामोड, बाह्रदशीलगायत पालिकाका केही जग्गामा भूमिगतसिँचाइको व्यवस्था छ । बाँकी अधिकांश जग्गामा धानखेतीका लागि अकासे पानीको निर्भरता हटेको छैन । -नयाँ पेपरबाट

सम्बन्धित खबर