काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिसँग जोड्न नहुने बताउनु भएको छ। बिहीबार ‘नेसनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्टस् साइन्स ल्याब’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो।
नेपाल प्रिमियर लिग (एनपीएल)का विषयमा राजनीति भइरहेको भन्दै प्रधानमन्त्री ओलीले खेल नरोकिने बताउनुभयो।
‘सरकारमा राजनीतिक दल नै आउने हो। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो। कृषि हो भने कृषिको विकास हुनुप¥यो, उद्योग हो भने उद्योगको विकास हुनुप¥यो। त्यहाँ राजनीतिक गर्नुभएन,’ प्रधानमन्त्री ओली भन्नुभयो, ‘खेलमा हो भने खेलको विकास गर्नुपर्छ। खेललाई अगाडि लैजानुपर्छ। त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन। पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’। जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुप¥यो।’
प्रधानमन्त्री ओलीले एनपीएलको भब्य तयारी हुनुपर्ने बताउनुभयो। ‘एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो। यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ। जसरी क्रिकेटको क्रेज बढेको छ। देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ। यसको आयोजना गर्नुस्। यो खेलिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।
Sourse:- ijalas