बाहुण्डाँगी असार २५। नेपाली कांग्रेसको भातृ संगठन तरुण दल मेचीनगर ४ मा डिल्ली राज भारती सर्वसम्मत चयन भएका छन् । आज नेपाली कांग्रेस मेचीनगर ४ को वडा पार्टी कार्यालयमा सम्पन्न एक कार्यक्रमका विच भारति चयन भएका हुन।
कृष्ण ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तरुण दल क्षेत्रीय सभापति अर्जुन राई रहनुभएको थियो। उक्त भेलाले डिल्ली राज भारतीको नेतृत्वमा पाँच सदस्यीय तरुण समिति गठन गरेको छ ।जसमा उप सभापती हरि गौतम , सचिव दिपेन बिष्ट र अभय कटुवाल र सह सचिब मा आदर्श कुवर रहनु भएको छ ।
महाधिवेशन प्रतिनिधि पोषक कुमार दर्जिले स्वागत गर्नुभएको कार्यक्रम मा कार्यक्रमको औचित्य माथि प्रकाश विशाल तामाङले पार्नुभएको थियो। मेचीनगर ४ का वडा सभापति सागर कार्की , नगर सभापति सुदय पनेरु र प्रमुख अथिती अर्जुन राईले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम को संचालन नेपाली काग्रेस मेचीनगर ४ का सचिब नित्यानन्द चौलागाईं ले गर्नु भएको थियो।
समिति लाई पूर्णता आज गठन भएका पदाधिकारीले लगाउने नेपाली कांग्रेस मेचीनगर ४ का सभापति सागर कार्कीले जानकारी दिनुभयो।