काँकरभिट्टा । पछिल्लो आर्थिक वर्षको तुलनामा मेची भन्सार कार्यालय, झापा मार्फत आयातित आलुको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि देखिएको छ।
आर्थिक वर्ष २०८०र८१ को असार मसान्तसम्म १३,१७,८,३९० केजी आलु भारतबाट आयात गरिएको थियो। उक्त आलुको आयात मूल्य ३५ करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको थियो भने सोही आधारमा भन्सारले ८ करोड ७३ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। तर, आर्थिक वर्ष २०८१र८२ को जेठ मसान्तसम्म भारत र बंगलादेश दुबै देशबाट ३१,६०,०२,९४ केजी आलु आयात गरिएको छ। यस अवधिमा आयात मूल्य ६४ करोड ७६ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने राजस्व संकलन पनि दोब्बर भएर १६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुगेको छ।

यस वर्ष बंगलादेशबाट समेत आलु आयात सुरु गरिएको तथा माग अनुसारको आपूर्ति सुनिश्चित गर्न भन्सार प्रक्रियालाई सहज बनाइएको मेची भन्सार कार्यालयका अधिकृत रामचन्द्र प्रसाद ढुंगानाले जानकारी दिनुभयो।
तुलनात्मक अवस्था
- आयात परिमाणमा १४,२२,१९,०४ केजी करिब १०७ % वृद्धि
- आयात मूल्यमा २९ करोड २५ लाख रुपैयाँ करिब ८२ % वृद्धि
- राजस्व संकलनमा ८ करोड १७ लाख रुपैयाँ ९९३.५% वृद्धि
आलुजस्तो दैनिक उपभोग्य वस्तुको आपूर्तिमा स्थायीत्व ल्याउन यो वृद्धि सकारात्मक मानिएको छ। यद्यपि यसले स्वदेशी उत्पादनमाथि पनि असर पार्न सक्ने भएकाले दीर्घकालीन रणनीति आवश्यक रहेको विज्ञहरू बताउँछन्।