Mechi Update

प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिका आउँदै

मङ्गलवार, असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली इलामको माई नगरपालिकामा आगामी असार २८ गते इलामको माई नगरपालिका आउनुहुने भएको छ।

अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (धनीपुर्जा) वितरण, माई अस्पताल उद्घाटन र माई बृहत खानेपानी आयोजना शिलन्यासका लागि ओली आउनु हुने भएका हो ।

प्रधानमन्त्री ओलीले माई नगरपालिकाका १५२ घरधुरीलाई धनीपुर्जा वितरणका लागि ओली आउने तय भएको भुमि व्यवस्थापन आयोग इलामका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै करिव १० करोड लागतमा माई नगरपालिका वडा नम्बर-२ माँझवारीमा निर्माण सम्पन्न भएको माई अस्पतालको सोही दिन उद्घाटन गरि सेवा सुचारु गरिने माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनुभयो।

१५ शैयाको अस्पतालमा एक जना एमडीजिपी डाक्टर, दुई मेडिकल अधिकृत सहित करिव दुई दर्जन स्वास्थ्यकर्मी रहने माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले वताउनुभयो ।

प्रधानमन्त्री ओलीले सोही दिन माई नगरपालिका वडा नम्बर-७ कप्परसुक्कामा शुरु हुन लागेको २५ करोड लागतको वृहत खानेपानी योजनाको समेत शिलन्यास गर्ने कार्यक्रम तय भएको प्रमुख लिम्बुले वताउनु भएको छ। माई नगरपालिका वडा नं १ देखि १० सम्मका ९ वटा वडालाई यस आयोजनाले खानेपानी पुर्याउने लक्ष्य लिएको छ। वडा नम्बर ९ भने भौगोलिक उचाईका कारण यो आयोजनाले समेट्न नसकिएको वताईएको छ।

यता भूमि समस्या समाधान अयोगले माई नगरपालिका वडा नम्बर ४ गंगटे, कट्टेलटार , साततले र भित्रीबस्तिका १५२ जनालाई प्रधानमन्त्री ओलीलेनै धनिपुर्जा वितरण गर्नुहुने आयोग इलामका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।वहँका अनुसार यसअघि रोङ गाउँपालिकामा ७३, चुलाचुलीमा ३२ र माङसेबुङमा ११० परिवारलाई पुर्जा वितरण गरिसकेको छ । इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ ।

जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ हजार एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली माई नगरपालिका दोस्रो पटक आउन लाग्नु भएको हो। वहाँ यसअघि स्थानीय तहको निर्वाचन २०७९ अघि माईका प्रमुख खम्बा सिं लिम्बुलाई मत माग्न आउनु भएको थियो।

ओलीको माई आगमनसंगै पुर्वाधार निर्माण, नदि कटान नियन्त्रण, अव्यवस्थित र भुमिहिन बसोबासीलाई धनिपुर्जा ब्यवस्थापन, मदनभण्डारी मार्गको डिपिआर अन्योलताको अन्त, पर्यापर्यटन क्षेत्रको विकास लगायतका विषय माई नगरपालिकाले स्थलगत जानकारी गराउदै समाधानका लागि प्रस्ताव गर्ने तयारी रहेको बुझिएको छ।

Source: Purwanchal

सम्बन्धित खबर