Mechi Update

स्वस्तिका आचार्यले सम्हालिन नारी सञ्चार गृहको नेतृत्व

सोमवार, असार २३, २०८२

झापा । नारी सञ्चार गृहको नयाँ टिमले आइतबारबाट कार्यभार सम्हालेको छ । अध्यक्ष स्वस्तिका आचार्य नेतृत्वको टिमले कार्यभार सम्हालेको हो । आइतबार भएको पद हस्तान्तरण समारोहमा निर्वाचन संयोजक तथा संस्थापक अध्यक्ष साबित्रा दहालले नयाँ कार्यसमितिको नाम घोषणा गरिन् । निवर्तमान अध्यक्ष रेजिना गौतमले नयाँ अध्यक्ष आचार्यलाई माइन्युट प्रदान गरेर जिम्वेवारी हस्तान्तरण गरेकी हुन् । प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महताराले नयाँ समितिलाई प्रमाणपत्र प्रदान गरिन् । अध्यक्ष आचार्यले वीरता लेडी जेसीजको अध्यक्षको जिम्वेवारी उत्कृष्ट रुपमा सम्हालेकी छिन् भने नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षको जिम्वेवारी पनि पूरा गरेकी छिन् । रेडियो सनराइज बाट पत्रकारिता सुरु गरेकी उनी नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति रहेकी छिन् । उनी यसअघिको कार्यकालमा पनि महासंघ झापाको कार्यसमिति सदस्यमा निर्वाचित थिइन् । स्वीकारोक्ति मन्तब्य राख्दै आचार्यले राम्रो कामगरेर संस्थालाई गतिशील बनाउने प्रतिवद्धता जनाइन् ।

संस्थाको उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टिका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली सर्वसम्मत रहेका छन् ।

संस्थाको कार्यसमिति सदस्यहरुमा विनिशा शर्मा गौतम, ईशा प्रधान, सञ्जु शिवाकोटी, चन्दा भट्टराई, रमा दाहाल, सिर्जना परियार, किरण हुमागाईं र रञ्जीता खड्का रहेका छन् ।

Source : purwanchal

सम्बन्धित खबर