Mechi Update

मेचीनगरमा सिटी रिक्सा पल्टिदा चालककाे मृत्यु

शनिवार, असार २१, २०८२

मेचीनगर, २१ असार । मेचीनगरमा सिटीरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालककाे मृत्यु भएको छ । आज विहान साढे ९ वजे मेचीनगर-१० ढाड चाेककाे भित्री सडक खण्ड स्थित महामति फर्निचर उद्योगबाट नागाडुब्बा जाने क्रममा प्र.-०१-००२ ह ७१०५ नम्बरको सिटी रिक्सा आफै अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले बताएकाे छ । दुर्घटनामा सिटी रिक्सा पल्टिदा सिटी चालक मेचीनगर-१० का ३२ वर्षीय राज कडरिया घाइते भएकाे प्रहरीले जनायाे । तत्काल उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल पठाइएकाे थियाे । अस्पतालमा उपचारका क्रममा १० वजे मृत्यु भएको प्रहरीकाे भनाइ छ । सिटी रिक्सामा फलामका सामग्री बाेकेर गएकाे बेला लाेड बढी भएर पल्टिएको प्रहरीले बताएको छ । सिटी रिक्सामा चालकबाहेक अन्य काेहि पनि सवार नभएको बताइएकाे छ । Source:- Mechinagar online
सम्बन्धित खबर