Mechi Update

वीरता लेडी जेसीज सप्ताह अन्तर्गत विर्तामोडमा भव्य वादविवाद कार्यक्रम

बिहिवार, असार १९, २०८२

बिर्तामोड।  वीरता लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गत बिहीबार  अन्तर माविस्तरीय वादविवाद प्रतियोगिता गरेको छ । के सामाजिक सञ्जाल सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने र सृजना गर्ने उत्तम प्ल्याटफर्म हो? भन्ने विषयमा प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वादविवाद गरेका थिए। वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा तालिम संयोजक  कोपिला पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रममा  वीरता लेडी जेसीजकी  सदस्य तारा रिजालले आस्था वाचन र जनसम्पर्क अधिकारी पारू श्रेष्ठले  मिसन भिजन बाचन गरेका थिए। कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक तथा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथी प्रकाश पारेकी थिइन्  । कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, एमिटी एजुकेशन फाउण्डेसनका प्रिन्सिपल आरएस ढकाल, गोमेन्द्र बिर्तामोडल स्कूलका प्रिन्सिपल उत्तम खनाल,वीरता लेडीजेसीजकी पूर्व अध्यक्ष  संगीता गिरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। प्रतियोगितामा निधि माध्यमिक विधालयकी कक्षा १२ मा अध्ययनरत् छात्रा सोफिया खड्काले प्रथम,  न्युटन्स एजुकेशन एकाडेमीकी कक्षा ९ मा अध्ययनरत् छात्रा अन्वेशा ढुङ्गेल द्वितिय  एमिटी एजुकेशन फाउन्डेशनका कक्षा १२ मा अध्ययनरत् छात्र प्रज्ञान दाहाल तृतीय र   तक्षशिला एजुकेशनकी कक्षा ९ मा अध्ययनरत् छात्रा जेसीका श्रेष्ठले सान्तवना भएका थिए। वादविवाद प्रतियोगिताको निर्णायकमा भुमी खतिवडा र  शेखर पाण्डे रहेका थिए।        प्रतियोगिताका बिजेता प्रथमलाई पाँच हजार, द्वितियलाई तीन हजार, तृतीयलाई दुई हजार र सान्तवनालाई एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायले गरेकी थिइन्। source:- birat jyoti
सम्बन्धित खबर