मेचीनगर, १८ असार ।
मेचीनगर नगरपालिकाको स्वास्थ्य उपचार सहयोग कार्यक्रमअन्तर्गत दृष्टि सम्बन्धी अपाङ्गता भएका २८ जनाले सेवा प्राप्त गरेका छन्। तीमध्ये २३ जनाले मेडिकल उपचार तथा ५ जनाले सर्जिकल (शल्यक्रिया) सेवा लिएका छन्।
उक्त कार्यक्रम मेचीनगर नगरपालिका र मेची नेत्रालयबीचको द्विपक्षीय सहकार्यमा संचालन गरिएको हो। कार्यक्रमको अनुगमन नगरप्रमुख श्री गोपालचन्द्र बुढाथोकी, उपप्रमुख श्री मिना पोखरेल उप्रेती, महिला तथा बालबालिका शाखा प्रमुख श्री जयन्ती खरेल, पूर्व क्षितिज अपाङ सेवा संघका अध्यक्ष धर्मराज घिमिरे लगायत संघका पदाधिकारीहरूले गरेका थिए।
सेवाको व्यावस्थापन CBR सहजकर्तामार्फत गरिएको थियो। कार्यक्रमले दृष्टि समस्या भोगिरहेका अपाङ्गता भएका व्यक्तिहरूको उपचारमा सहजता ल्याएको छ भन्ने अपेक्षा गरिएको छ।