Mechi Update

वीरता लेडी जेसीजको ‘जेसीज सप्ताह’ शुरू

बुधवार, असार १८, २०८२

बिर्तामोड । वीरता लेडी जेसीजले जेसीज सप्ताह शुरू गरेको  छ।

वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो ।

कार्यक्रममा  उपाध्यक्ष एलिना रिजाल ढकालले आस्था वाचन र अस्मिता राई कुरुङवाङले मिसन भिजन बाचन गरेका थिए।

कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष चन्द्रकला रिजाल भट्टराईले स्वागत  मन्तव्य व्यक्त गरेको कार्यक्रममा जेसीज सप्ताह मूल संयोजक तथा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष मेनुका ओलीले औचित्यमाथी प्रकाश पारेकी थिइन्  ।

कार्यक्रममा वीरता लेडीजेसीज पूर्व अध्यक्ष क्लव अध्यक्ष मञ्जु सिटौला पोखरेल, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा  ढकाल रिजाल, वीरता जेसीजका अध्यक्ष युवराज कुँवरलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायले गरेकी थिइन्।

जेसीज सप्ताह अन्तर्गत मेन्टर मेन्टी कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई र युवा व्यवसायी शुभ कुमाई पाठकले आफ्ना अनुभव सुनाएको कार्यक्रम संयोजक वीरता लेडीजेसीजकी उपाध्यक्ष एलिना रिजाल ढकालले बताइन्।

त्यस्तै जेसीज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रमको रूपमा मर्चेण्डाइज कार्यक्रम रहेको थियो। उक्त कार्यक्रममा वीरता लेडीजेसीजका सदस्यहरूले आफ्ना उत्पादन खरिद बिक्री गरेको कार्यक्रम संयोजक अञ्जली शाहले बताइन् ।

source : Purwanchal daily

सम्बन्धित खबर