Mechi Update

मेचीनगरको बजेटः कुन वडामा कति ?

बुधवार, असार १८, २०८२

झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा वडातर्फ प्रत्येक वडालाई फरक फरक बजेट बिनियोजन गरेको छ । असार १० गते सुरु भएर १३ गते सम्पन्न नगरसभाले वडा स्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ५० लाख रकम छुट्याएको छ । त्यस्तै नगरस्तरीय बजेटका लागि ५७ करोड ९७ लाख ५२ हजार ५४० रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

मेचीनगरका १५ वटा वडालाई जनसंख्या र भुगोलका आधारमा समानूपातिक रुपमा बजेट बिनियोजन गरेको नगरपालिकाले दाबी गरेको छ । जस अनुसार सबैभन्दा धेरै बजेट पाउनेमा वडा नं. ३ परेको छ । वडा नं. ३ ले एक करोड ५२ लाख ३ हजार ८०२ रुपैया बजेट पाएको छ । त्यस्तै दोस्रो धेरै बजेट पाउनेमा वडा नं. ६ रहेको छ । उक्त वडाले एक करोड ४१ लाख ४३ हजार ४०२ रुपैयाँ पाएको छ । त्यस्तै गरी बढी रकम पाउने वडाको सूचीमा तेस्रो नम्बरमा वडा नं. १० ले एक करोड ३५ लाख १२ हजार २५६ रुपैयाँ बजेट पाएको छ ।

 

वडामा बिनियोजन गरेको बजेट अनुसार वडा नं. १ मा ९९ लाख १० हजार २९१ रुपैयाँ, वडा नं. २ मा एक करोड ९२ हजार ३८६ रुपैयाँ, वडा नं. ४ मा ९५ लाख ९३ हजार ७६ रुपैयाँ र वडा नं. ५ मा ९३ लाख ७४ हजार २७४ रुपैयाँ बजेट बिनियोजन भएको छ ।

असार १० गते नगरसभा उदघाटन सत्रमा उपप्रमुख मिना पोखरेल उप्रेतीले प्रस्तुत गर्नु भएको बजेट भाषणका अनुसार वडा नं. ७ मा एक करोड २२ लाख ५३ हजार ३४४ रुपैया, वडा नं. ८ मा एक करोड १२ लाख ७ हजार ७८८ रुपैयाँ बजेट बिनियोजन हुँदा वडा नंं ९ मा एक करोड १५ लाख ४३ हजार ६१८ रुपैयाँ बजेट छुट्टीएको छ ।

त्यस्तै वडा नं. ११ मा ९७ लाख ९० हजार २५७ रुपैयाँ, वडा नं. १२ मा ९९ लाख एक हजार ८४१ रुपैयाँ, वडा नंं १३ मा एक करोड ४३ लाख १५० रुपैयाँ, वडा नं. १४ मा एक करोड ७४ लाख दुई हजार ६८८ रुपैयाँ र वडा नं. १५ मा एक करोड १९ लाख ७९ हजार ४५९ रुपैयाँ बजेट बिनियोजन भएको छ ।

आगामी आर्थिक बर्षका लागि मेचीनगर नगरपालिकाले एक अर्ब ८२ करोड ६८ लाख ६ हजार ४३९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

source : setopatra

सम्बन्धित खबर