Mechi Update

मेचीनगरको आगामी बजेटमा मजदुरका लागि ‘बीमा कार्यक्रम’

मङ्गलवार, असार १७, २०८२

मेचीनगरको आगामी बजेटमा मजदुरका लागि ‘बीमा कार्यक्रम’
मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका श्रमिकहरुका लागि ‘बीमा कार्यक्रम’ ल्याएको छ । मेचीनगर नगरपालिकाले यही असार १२ गते सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा चिया बगान र अन्य क्षेत्रका श्रमिकहरुका लागि स्वास्थ्य ‘बीमा कार्यक्रम’ ल्याएको हो । नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका मजदुरका लागि २५ लाख रुपैयाँ बजेट समेत छुट्टाएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको बताए ।
Source:- Mechinagar online
सम्बन्धित खबर