मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकरभिट्टामा ईभी नेपाल यातायात प्रालिको कार्यालय सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमबीच कार्यालय उद्घाटन गरिएको हो ।
बैशाख १५ गतेदेखी सेवा सूरु गरेको ईभी नेपालले काँकरभिट्टा–विराटनगर र काँकरभिट्टा–धरान रूटमा ७ वटा ईभी माइक्रोबस सञ्चालनमा ल्याइसकेको छ । योसंगै उक्त रूटमा सर्वसाधारणलाई आरामदायी यात्रा गर्न सहज भएको छ ।
ईभी नेपाल यातायातले पर्यावरणीय उत्तरदायित्वसँगै यात्रुहरूलाई सुरक्षित, सहज र सुलभ सेवा दिने संस्थाका अध्यक्ष सन्तोस आचार्यले बताए ।
प्रदूषण नियन्त्रण र स्वच्छ ऊर्जा प्रयोगलाई प्राथमिकता दिँदै कम्पनीले अब काँकरभिट्टा–ईलाम रूटमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको सदस्य ज्ञानेन्द्र निरौलाले जनाएको छ ।
ईभी नेपाल यातायात प्रालिको कार्यालय शुभारम्भ कार्यक्रमको सञ्चालन सदस्य भगिरथ राईले गरेका थिए ।
source :- hamro khabarpati