Mechi Update

काँकरभिट्टा सशस्त्र प्रहरीद्वारा अवैध १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक पक्राउ

बुधवार, वैशाख २४, २०८२

काँकरभिट्टा। मेचीनगर–७, जोरसिमलमा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा १४ लाख ९९ हजार ७ सय अवैध भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ।

झापाको काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा आज बिहान १० बजे उक्त रकम फेला परेको हो। उक्त भारतिय रुपैँयाको नेपाली मूल्य करिब २३ लाख ९९ हजार ५२० हुन्छ ।  बरामद नगदसहित निजलाई आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रस्तावित गुल्मले जनाएको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएयता अवैध गतिविधि नियन्त्रणमा आउनुको साथै तस्करी र अवैध सामानहरु बरामद हुने क्रम बढेको पाइएको छ । नेपालमा भारतिय ५०० रुपैया प्रतिबन्धित गरिएको भएपनि यसको प्रयोग भने सहजै हुने गरेको पाइएको छ ।

सम्बन्धित खबर