मेचीनगर । ११ वर्षीय बालकलाई ललाइफकाइ अप्राकृतिक मैथुन गर्ने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् । चैत ३० गते साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा ११ वर्षीय बालकलाई इलाम माई नगरपालिका ९ चिसापानी घर भई हाल ज्यामिरगढीमा डेरा गरी बस्ने २६ वर्षीय अञ्जन शंकर विकले फकाई एकान्तमा लगी अप्राकृतिक मैथुन गरेका थिए ।
पीडितका तर्फबाट हिजो इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी परेपछि प्रहरी टोली खटिएर विकलाई नियन्त्रणमा लिएको हो । पीडित र पीडक दुवै पक्षलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।