काँकरभिट्टा । कनकाई नगरपालिका निवासी क्यान्सर फाइटर ४० वर्षिया नमिता बस्नेत मेची महाकाली एकल साइकल यात्रामा निस्किएकि छिन । आज विहान पूर्वी सिमाना मेची नदिको पुलबाट उनको यात्रा शुरु भएको हो ।
उनलाई साइकल सर्कल काँकरभिट्टा र उनको परिवारले शुभकामना दिदै विदा गरेको हो । साइकल सर्कलका अध्यक्ष अर्जुन सुब्बाले बस्नेतको यात्राको सफलताको शुभकामना व्यक्त गर्दै यो शाहसीक तथा प्रेरणादायी यात्राले अन्य क्यान्सर बिरामीहरुलाई समेत हौसला दिने बताए ।

उनको साइकल यात्रा २५ दिन लामो रहने बताइएको छ ।