Mechi Update

विमला तामाङको जन्मदिन विशेष : नयाँ वर्षमा भेट्रान रोड रेस हुने

शनिवार, चैत २३, २०८१

मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष "भेट्रान रोड रेस कार्यक्रम-२०८२" हुनेभएको छ। "खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान" नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते बिहान ७ बजे काकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिका रुपमा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको उपस्थिति रहने छ। उक्त रेस कार्यक्रममा प्रथम हुनेले नगद रु ३० हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्तै सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गर्नेछन् । सम्पुर्ण पुरस्कार राशिको प्रायोजन समाजसेवी विमला तामाङले गरेकी हुन्। रेश प्रतियोगितामा सहभागी हुनका लागि ४० वर्ष पुगेको हुनुपर्ने र सहभागीले सेतो टिसर्ट सहित स्पोर्ट्स ड्रेसमा आउनुपर्ने छ। त्यस्तै सहभागीको कुनै दुर्घटना भएमा प्राथमिक उपचार बाहेक स्वयं जिम्मेवारी हुने र रेश सतिघट्टा देखि काकडभिट्टा खेलमैदान सम्म ४किलोमिटर रहने आयोजकले जानकारी दिएको छ।
सम्बन्धित खबर