मेचीनगर । गाडीमा फल्स डिकि बनाई मोटरपार्टस् तस्करी गर्नेलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पानीट्याङ्कबाट नेपालतर्फ तस्करी गर्ने एक भारतीय व्यक्ती सहित ९ लाख १५ हजार मुल्य बराबरको सामान आज झापाको काँकरभिट्टाबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत पश्चिम वंडाल राज्य स्थित दार्जिलिङ्ग जिल्ला खोरीबारी, प्रेमजोतका अमित सिंह हरेको प्रहरीले बताएको छ । विशेष सुचनाको आधारमा गाडिको सिटमुनी फल्स् स्टोरेज बनाइ मोटर पार्टस् नेपाल ल्याउदै गरेको अवस्थामा झापाको मेचीनगर ६ स्थित काँकरभिट्टाबाट सिंहलाई नियन्त्रणमा लिएको हो । बरामद सामान सहित सिंहलाई मेची भन्सार कार्यालयमा कारवाहीको लागि बुझाइएको प्रहरीले बताएको छ ।
सिंहको गाडिबाट अनुमानित १ लाख १५ हजार मुल्य बरावरको मोटरपार्टस् र तस्करीमा प्रयोग गरिएको सवारीको ८ लाख मुल्य तय गरी जम्मा ९ लाख १५ हजार सहित कार चालकलाई मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।
भारतबाट नेपालमा ठूलो परिमाणमा मोटर पार्टस्, किराना, कपडा लगायत सामानहरु अवैध मार्ग र भन्सार छलि गरी ल्याइने गरेको बुझिएको छ ।