Mechi Update

बाहुनडाँगी जेसिजद्वारा नारी दिवस विशेष प्यानल डिस्कसन सम्पन्न

आइतवार, चैत ३, २०८१

मेचीनगर। बाहुण्डाँगी जेसीजले नारी दीवस विशेष प्यानल डिस्कन कार्यक्रम शनिवार भव्य रुपमा सम्पन्न गरेको छ । बाहुनडाँगी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता तथा मेचीनगर नगरपालीकाकी उप-प्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विशेषगरी महिलाहरुलाई सक्षम र सबल बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी रिना दर्जीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव सुस्मा मिश्रले गरेकि थिइन् । उक्त कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी किरण गौतमले आस्था पाठ गरेका थिए भने उपाध्यक्ष जेसी प्रबिन चापागाईंले मिसन भिजन सुनाएका थिए । जेसी रीना दर्जीले कार्यक्रम माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष जेसी नवीन बराल , मेचीनगर जेसीजकी पुर्ब अध्यक्ष जेसी शोभा श्रेष्ठ नेम्वाङ , मे.न.पा.४ कि वडा सदस्य गिता लुङ्गेली मगर र प्रमुख अतिथि उप- प्रमुख मिना पोखरेल उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा जेसीजका सदस्य जेसी अर्जुन बस्नेतले लाइभ पेन्टिङ्ग गर्दै र प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियोे। उक्त कार्यक्रमको वक्ताका रुपमा मेचीनगर लेडी जेसीजका पुर्ब अध्यक्ष जेसी शोभा श्रेष्ठ नेम्वाङ, मेचीनगर नगरपालीकाकी कार्यपालिका सदस्य तिलजा देवान र दीपेन्द्र प्रा.बि.का प्रधानाध्यापक शान्ता निरौला रहेका थिए।कार्यक्रममा सहजीकरण जेसी थेसिस रुचालले गरेका थिए । प्यानल डिस्कसन कार्यक्रममा मे.न.पा. ४ का टोल बिकास समितीका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर