Mechi Update

बाहुण्डाँगी जेसीजद्वारा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री र पोशाक वितरण

शनिवार, असार १४, २०८२

बाहुण्डाँगी जेसीजले अति बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक बितरण गरेको छ । मेचीनगर 1 स्थित पबित्र मा. वि. मा का शिक्षक तथा बाहुण्डाँगी जेसीजका सदस्य जेसी बिष्णु अधिकारीले दिनुभएको जानकारीको आधारमा ३ जनालाई पोशाक सहित शैक्षिक सामाग्री बितरण गरिएको हो । बाहुण्डाँगी जेसीज बर्ष 2025 का कानुनी सल्लाहकार जेसी अनिस काफ्लेको जन्मदिनको अवसर पारेर वहाँको आर्थिक सहयोगमा 2 जना र उक्त विद्यालयाका शिक्षक तथा जेसीज सदस्य बिष्णु अधिकारीले 1 जनालाई उक्त सामाग्री बितरण गरिएको बाहुण्डाँगी जेसिज बर्ष 2025 का अध्यक्ष जेसी नित्यानन्द चम्लागाँईले बताउनु भएको हो । बाहुण्डाँगी जेसिज बर्ष 2025 काअध्यक्ष जेसी नित्यानन्द चम्लागाँईको अध्यक्षता र मे.न.पा.1 का वडा अध्यक्ष साथै उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राइको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जेसी अनिस काफ्लेको संयोजन रहेको थियो । संचालन महासचिव जेसी शुस्मा मिश्रले गर्नु भएको थियो भने जेसीज आस्था जेसी प्रतिमा रिजाल र मिसन भिजन जेसी प्रबिन चापागाईंले बाचन गर्नु भएको थियो । जेसी अनिस काफ्लेले स्वागत गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका प्र अ धुर्ब थापा र प्रमुख अतिथि रामकुमार राइले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम माथी प्रकाश र सहभागी लाई धन्यवाद दिदै अध्यक्ष चम्लागाँईले कार्यक्रम समापन गर्नु भएको थियो । साबिक बाहुण्डाँगीमा सामुदायिक विद्यालयमा यस्ता अन्य विद्यार्थी भए बाहुण्डाँगी जेसीज सहयोग गर्न तत्पर रहेको कुरा अध्यक्ष ज्यूले जानकारी दिनुभएको छ भने जेसी अनिस काफ्लेले आफू 40 बर्षको हुन्जेल सम्म आफ्नो जन्मदिनमा ती विद्यार्थीहरुलाई निरन्तर सहयोग गर्ने पनि वचन दिनु भएको छ । र आगामी दिनमा पनि साबिक बाहुण्डाँगीका सामुदायिक विद्यालयमा अध्ययन गर्न कठिन भएका विद्यार्थी हरुलाई सदैव जेसीज अभिभावकको भुमिकामा रहने प्रतिबद्धता समेत अध्यक्ष चम्लागाँईले बताउनु भएको छ ।
सम्बन्धित खबर