Mechi Update

झ्याप् झ्याप् बिजुली गएपछि ‘एस’ पार्टीको ध्यानाकर्षण

शुक्रवार, असार १३, २०८२

झापा, १३ असार । विद्युत नियमित नभएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी (एस) झापाले जिल्लाका विद्युत प्राधिकरणहरूमा ध्यानाकर्षणसहितको माग पत्र बुझाएको छ । ‘जहाँ जनताको समस्या, त्यहाँ समाजवादी’ भन्ने अभियान अन्तरगत एस पार्टीका झापका अध्यक्ष वीपी भट्टराईले अघोषित लोडसेडिङ, असन्तुलीत भोल्टेज ब्यबस्थीत गर्न र झ्याप् झ्याप् बिजुली गइरहेकोले जिल्लाका विद्युत प्राधिकरणका वितरण केन्द्रहरूमा ध्यानाकर्षण गराइएको जानकारी दिए । विहीबार अनारमनी, भद्रपुर, धुलाबारी, दमक, शनिशचर र शिवसतासी लागायतका विद्युतका वितरण केन्द्रहरुमार्फत नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशकलाई ध्यानाकर्षण पत्र पठाउने काम गरिएको अध्यक्ष भट्टराईले बताए । ‘झ्याप् झ्याप् बिजुली गएर जनतालाई सास्ती भएकोले पार्टीको अभियान अन्तरगत ध्यानाकर्षण पत्र बुझाएका हौँ’, भट्टराईले भने–‘हाम्रो मागलाई सम्बोधन नगरे चरणबद्व आन्दोलन गर्ने छौँ ।’ Source :- Mechinagar online
सम्बन्धित खबर