मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले नगरका सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्नका लागि दुई दिवसीय क्षमता अभिवृद्वि तालिम सञ्चालन गरेको छ ।
नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा शुक्रबारदेखि क्षमता अभिवृद्वि तालिम सुरु भएको हो ।
तालिममा मेचीनगरका ३४ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको छ ।
प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख एवम् वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले व्यानर पढेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा कार्यबहाक नगरप्रमुख वस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Source : Mechinagar online
आज तालिममा सहभागीलाई राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक एवम् एनएमसीका सीईओ लक्ष्मीप्रसाद उप्रेती र झापा जिल्ला सहकारी संघका उपाध्यक्ष एवम् मेची बहुउदेश्यीय सहकारी संस्था दमकका अध्यक्ष नारायण भट्टराई प्रशिक्षण दिइरहेका छन् ।
उप्रेतीले ऋण लगानी र असुलीका विषय र भट्टराईले विद्यमान ऐन, नियम र कानूनका विषयमा प्रशिक्षण दिइरहेका छन् ।
त्यस्तै शनिबार सहकारी प्राविधिक किरण पौडेल, सूचना प्रविधि अधिकृत असोकुमार भेटवाल र नगरपालिकाका सहकारी विभाग प्रमुख समेत रहेका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले प्रशिक्षण दिनेछन् ।
सहकारी समन्वय समितिले भर्खरै नगरका ३४ वटा सहकारीमा अनुगमन गरेको थियो । सोही सहकारीहरुका अध्यक्ष र व्यवस्थापकहरुलाई क्षमता अभिवृद्वि तालिम दिइएको हो । नगरका बाँकी सहकारीहरुको पनि अनुगमन गरेर सोहि प्रकारको तालिम दिइने समितिले जनाएको छ ।
सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्ने उदेश्यले नगरपालिकाले सहकारी सम्बन्धी विभिन्न योजनाहरु बनाएर काम अघि बढाएको छ ।
नगरपालिकाको सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य टीका सुवेदीले र सञ्चालन आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए ।